मन्त्रालयबाट अघि बढाइएका कार्यक्रमहरुलाई पुरा गर्न कर्मचारीलाई नवनियुक्त मन्त्री पाण्डको निर्देशन

1 year ago

मन्त्रालयबाट अघि बढाइएका कार्यक्रमहरुलाई पुरा गर्न कर्मचारीलाई नवनियुक्त मन्त्री पाण्डको निर्देशन

 

नवनियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेले मन्त्रालयबाट अघि बढाइएका कार्यक्रमहरुलाई पुरा गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मंगलबार मन्त्रालयमा पदभार ग्रहण गर्दै पाण्डेले मन्त्रीबाट सदर भएका योजनाहरु अलपत्र पार्ने र पुरा नगर्ने प्रवृतिलाई अन्त्य गर्न निर्देशन दिनुभएको हो । उहाले तुइनबाट तर्दा सर्वसाधारणहरुको ज्यान जाने गरेको भन्दै खोलाको आधा घण्टाको अन्तरालमा झोलुङ्गे पुल निर्माण गर्ने बताउनुभयो । उहाले शहरी बिकास मन्त्रालयबाट भए गरेका कामको विवरण लिएर प्राथमिकता निर्धारण गर्ने उल्लेख गर्नुभयो ।

उहाले आफु कुनै स्वार्थका आधारमा काम नगर्ने स्पष्ट पार्नुभयो ।