मन्त्रीमण्डल विस्तारको तयारी

1 year ago

मन्त्रीमण्डल विस्तारको तयारी

 

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड मन्त्रीमण्डल विस्तारको तयारी गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसंग भक्तपुरस्थीत बालकोटमा मन्त्रीमण्डल विस्तारका बिषयमा छलफल गर्नुभएको हो । त्यस्तै छलफलमा सभामुखको निर्वाचनका बिषयमा पनि कुराकानी भएको थियो । भेटमा मन्त्रीमण्डल विस्तार, सभामुखको निर्वाचन लगाएतका बिषयमा छलफल भएको र सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक बसेर मन्त्रीमण्डलका बिषयमा अन्तिम टुङ्गो लगाइने उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिनुभयो । त्यस्तै उहाले मंगलबार प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलहरुको संयुक्त बैठक बोलाइएको र त्यही बैठकमा सभामुख चयन लगाएत अन्य बिषयमा छलफल हुने बताउनुभयो । उहाले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको भन्दै सरकार जे जस्तो राजनीतिक दलहरुको सहमतिमा अगाडि बढेको छ सोहि गतिमा अघि बढ्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सपथ लिएको लामो समय हुँदा पनि मन्त्रीमण्डल विस्तार हुन सकेको छैन ।