मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने प्रधानमन्त्रीको घोषणा

1 year ago

मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने प्रधानमन्त्रीको घोषणा

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गर्नुभएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको अवसरमा शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्नुभएको हो । घोषणापछि अस्पतालका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई अंगदानको परिचय पत्र पदान गरेका थिए । त्यस्तै कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई थप आधुनिक र प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभयो । उहाले केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न नसक्ने भन्दै ७ वटै प्रदेशमा प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको लक्ष्य रहेको धारणा राख्नुभयो । मिर्गाैला प्रत्यारोपणका लागि वार्षिक रुपमा करोडौँ रकम विदेशिनेमा त्यसलाई धेरै हदसम्म रोक्न केन्द्र सफल भएको उहाको भनाइ छ ।

केन्द्रले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गरेको थियो । नेपालमा अहिले वर्षमा करिब तीन सय मिर्गौला प्रत्यारोण हुँदै आएको छ । त्यसमा दुई सय वटा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ । बाँकी अन्य संस्थाले वर्षमा एक सय बिरामीको मिर्गौला प्रत्यारोपण गर्दै आइएका छन् ।