बन्द हुन लागेका सरकारी तथा निजी उद्योग सञ्चालनका लागी पहल गर्छौः भण्डारी

1 year ago

बन्द हुन लागेका सरकारी तथा निजी उद्योग सञ्चालनका लागी पहल गर्छौः भण्डारी

 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका सरकारी तथा निजी उद्योग सञ्चालनका लागि सरकारले आवश्यक वातावरण बनाउने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्दै मन्त्री भण्डारीले बन्द भएका उद्योग सञ्चालनको वातावरण बनाउने बताउनुभएको हो । उहाँले उद्योगी व्यवसायीका समस्या सुनेरै समस्या समाधान गरिने भन्दै विदेशी लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । मुलुकमा उद्योग व्यवसायको स्थिति खस्किनुको कारण पहिचान गरी समस्या समाधानको खोजी गर्ने उहाको भनाइ छ ।

माघ १५ गतेसम्म सञ्चालन हुने एक्सपोमा विभिन्न देशका एक सयभन्दा बढी ब्राण्डका प्रदर्शनी कक्ष तथा यस क्षेत्रमा कार्यरत व्यवसायी एवं संस्थाको सहभागिता रहेकोे आयोजक मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले जनाएको छ ।