प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम स्थगीतः भीडभाड हुने र उद्धारमा कठिनाइ हुने भएकोले स्थगीत

1 year ago

प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम स्थगीतः भीडभाड हुने र उद्धारमा कठिनाइ हुने भएकोले स्थगीत

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतको टोली पोखरा जाने कार्यक्रम तत्कालका लागि स्थगीत भएको छ ।

प्रधानमन्त्री लगाएतको टोली घटनास्थलमा जाँदा भीडभाड हुने र त्यसका कारण उद्धारमा कठिनाइ हुने भएकाले तत्कालका लागि पोखरा जाने कार्यक्रम स्थगीत भएको हो । प्रधानमन्त्री, मन्त्रीहरु गइसकेपछि भीडभाड भएर असहज हुने र नियन्त्रण गर्न पनि अप्ठेरो हुने भएकाले नजाने निर्णय गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जानकारी दिनुभयो । उहाले उद्धारका लागि कुनै कमीकमजोरी हुन नदिइएको समेत बताउनुभयो ।

यसअघि मन्त्रीपरिषद् बैठकपछि प्रधानमन्त्री लगाएतको टोली घटनास्थल जाने तयारी भएको थियो । जसका लागि हेलिकप्टर बालुवाटार गएको थियो ।