प्रतिनिधिसभाको काम कारवाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ ।

1 year ago

प्रतिनिधिसभाको काम कारवाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ ।

 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो । बैठकमा सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहनुहुने सांसद सदस्यहरुको नामावलीसहितको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने सांसद रामकृष्ण यादव र ऋषिकेश पोखरेलले समर्थन गर्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो । समितिलाई १५ दिनको समय दिइएको छ । प्रतिनिधिसभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिको गठन, कामकारबाही लगाएत व्यवस्थापकीय कार्य सम्पादन गर्दा अपनाउनुपर्ने कार्यका लागि नियमावली मस्यौदा तयार गर्ने व्यवस्था छ ।