नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी क्रिकेट लिगका लागि भारतीय कम्पनि सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ति भएको स्वीकार गरेको छ ।

1 year ago

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी क्रिकेट लिगका लागि भारतीय कम्पनि सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ति भएको स्वीकार गरेको छ ।

 


बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा केहि त्रुटी गल्ति भएको स्वीकार गर्दै क्यानको कुनै गलत नियत नभएको समेत स्पष्ट पारेको छ । पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले लामो अनुभवका आधारमा सेभेन थ्री स्पोर्ट्ससंग सम्झौता गरेको तर सम्झौता पछि आवश्यक जिम्मेवारीबाट पछि हटेर सेभेन थ्री स्पोर्ट्सले धोका दिएको बताउनुभयो ।

स्पट फिक्सिङ प्रकरणले लिग नै विवादमा परेको र यसको असर क्यान र समग्र नेपाली क्रिकेटमा परेकाले अव सवै मिलेर नेपाली क्रिकेटलाई पूर्ववत अवस्थामा फर्काउनुपर्ने उहाले बताउनुभयो । श्रम स्वीकृति ढिला देखि सुरु भएको लिगको विवादमा संघको पनि केहि त्रुटी रहेको चन्दले स्वीकार गर्नुभयो । उहाले अहिले लिगमा खेल्ने अधिकांस खेलाडीहरुले पारिश्रमिक पाइसकेको र केहि खेलाडीहरुले पनि छिटै पाउने दावी गर्नुभयो । उहाले स्पट फिक्सिङ प्रकरणमा प्रहरीलाई क्यानको पूर्ण सहयोग हुने बताउनुभयो । लिग सुरु हुनु भन्दा पहिले नै सम्भावित फिक्सिङ लगाएतका घटनालाई मध्यनजर गदै सीआइवीलाई पत्र लेखेर प्रतिनिधि पठाउन भने पनि चन्दले बताउनुभयो । उहाले फिक्सिङ तथा कुनै अनियमिततामा क्यानका कुनै पदाधिकारी संलग्न भए कारवाही भोग्न तयार रहेको धारणा राख्नुभयो । पत्रकार सम्मेलनमा चन्दले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको र विद्यमान कानून अनुसार नै अघि बढ्ने बताउनुभयो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको छानबिनमा नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ भन्दै दुई क्रिकेटरलाई पक्राउ गरिएको छ भने फिक्सिङ संलग्न हुन सक्ने आशंकामा अन्य १० जनामाथि पनि अनुसन्धान गरिरहेको छ ।