नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैत्रको पहिलो साता काठमाडौंमा हुने भएको छ ।

1 year ago

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैत्रको पहिलो साता काठमाडौंमा हुने भएको छ ।

 

महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण दुई बर्ष रोकिएको अन्तर्राष्ट्रिय व्यापार मेला यस बर्ष चैत्र २ गतेदेखि ६ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा हुने जानकारी दिएको हो ।

नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रुपमा मेला आयोजना गर्न लागिएको महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी दिनुभयो ।

तीनसय भन्दा धेरै स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी हुने महासंघले जनाएको छ । मेलामा नेपाल सहित भारत, चीन, कोरिया, जापान लगाएतका देशका कम्पनीहरुको स्टल सहभागिता हुनेछन् भने यस बर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी हुने महासंघका अध्यक्ष गोल्छाले जानकारी दिनुभयो ।

अध्यक्ष गोल्छाले बिभिन्न कारणले नेपालको अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने बताउनुभयो ।