नेकपा (माओेवादी केन्द्र)ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने भएको छ ।

1 year ago

नेकपा (माओेवादी केन्द्र)ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने भएको छ ।

 

पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी गर्ने पार्टीको नीति रहेको बताउनुभयो । बैठकमा अधिकांश सदस्यहरुको जोड राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा रहेको प्रवक्ता महराले बताउनुभयो । उहाले राष्ट्रिय सहमतिका लागि एमाले लगाएत सवै दलहरुसंग छलफल गर्ने बताउनुभयो । बैठकमा प्रवक्ता महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन, जनार्दन शर्माले संगठनसम्बन्धी प्रतिवेदन र गिरिराजमणी पोखरेलले स्कुलिङ सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो भने अध्यक्ष प्रचण्डले बैठकमा उठेका बिषयहरुलाई एकीकृत गरि ठोस प्रस्ताव तयार पार्न महासचिव देव गुरुङलाई निर्देशन दिनुभएको प्रवक्ता महराले जानकारी दिनुभयो ।

माओवादी स्थायी कमिटी बैठक माघ १६ गते ११ बजे बस्ने महराले बताउनुभयो ।