देउवाले छाडे सरकारी निवास

1 year ago

देउवाले छाडे सरकारी निवास

 

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थीत प्रधानमन्त्री निवास छाडेका छन् ।

उहाँ बुधबार बिहान बालुवाटारबाट निस्केका हुन् । बुढानिलकण्ठस्थित घर मर्मत जारी रहेकोले देउवा धुम्वाराही स्थीत भाडाको घरमा सरेका छन् ।

२०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री नियुक्त गरेपछि बुधबार मात्रै देउवाले बालुवाटारस्थीत सरकारी निवास छाडेका हुन् ।