काठमाडौँका नेवार समुदायका बिभिन्न समाज र समितिले अनधिकृत बस्ती हटाउने काठमाडौँ महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ ।

1 year ago

काठमाडौँका नेवार समुदायका बिभिन्न समाज र समितिले अनधिकृत बस्ती हटाउने काठमाडौँ महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ ।

 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने माग समेत राखेका छन् ।

बागमती नदी किनारास्थित अनधिकृत बस्तीले काठमाडौँको सांस्कृतिक पहिचानमाथि चुनौती थपेको उनीहरुको भनाइ छ । त्यस्तै अनधिकृत बस्ती हटाउन महानगरलाई आफूहरुको समर्थन भए पनि बस्तीका बासिन्दालाई पर्ने असुविधालाई नजर अन्दाज गर्न नहुने नेवाःजातीय महासङ्घका अध्यक्ष मनोज नेवाःखड्गीले बताउनुभयो ।

उहाँले कुनै पनि नागरिकप्रति आफूहरुको वैरभाव नभएको र आफूहरुको सरोकार काठमाडौँको मौलिक पहिचानको संरक्षणका लागि मात्र भएको धारणा राख्नुभयो ।

नेवाःजातीय महासङ्घ, नेपाल खड्गी सेवा समिति, स्यस्यःसमाज, केन्द्रीय मानन्धर सङ्घ, नकःमि समाज सेवा पुचः (सङ्घ) लगाएत नेवार समुदायका विभिन्न १५ सङ्घ, समाज र समिति तथा गुठीले संयुक्तरुपमा पत्रकार सम्मलेनको आयोजना गरेका हुन् ।