रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा बिजयी हुनुभएका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रमाणपत्र प्रदान गरिएको छ ।

1 year ago

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा बिजयी हुनुभएका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रमाणपत्र प्रदान गरिएको छ ।

 

शनिबार रुपन्देहीमा निर्वाचन अधिकृतको कार्यालयले पौडेललाई बिजयीको प्रमाणपत्र दिएको हो । पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी हुनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ६६ मतले पछाडि पार्दै उहा निर्वाचित हुनुभएको थिाये ।

पौडेलको यो निर्वाचन क्षेत्रको चौथो जीत हो । स्वतन्त्रका पौडेलले भने २५ हजार ७ सय ८१ र राष्ट्रिय जनमुक्तिका केशव बहादुर थापाले २१ हजार ९ सय ८६ मत ल्याएका छन् । यस निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो ।