रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिएको छ ।

1 year ago

रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिएको छ ।

 


निर्वाचनपछि मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन लगाएतका दलहरुले बिरोध गरेपछि मतगणना रोकिएको हो । उनीहरुले पुन मतदानको माग गर्दै मतदानस्थल बुटवल उपमहानरपालीका बाहिर नारावाजी गरेका छन् । ८० हजार भन्दा बढि मत खसेको सो क्षेत्रमा करिव ६ हजार मत गन्न बाँकी छ । निर्वाचन अधिकृतको कार्यालयमा सत्ता गठबन्धनमा आवद्ध दलले पुनः मतदानको माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले भने कम्युटरमा प्रविष्ट गर्दा मात्रै फरक परेकाले सच्चाइएकाले जनाएको छ ।

अहिलेस्म्मको मतगणना अनुसार रुपन्देही २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल अगाडी हुनुहन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल दोश्रो स्थानमा हुनुहुन्छ ।