मुलुकको व्यवस्था परिवर्तन गर्न नयाँ शक्तिको जीत आवश्यक : लिङ्देन

1 year ago

मुलुकको व्यवस्था परिवर्तन गर्न नयाँ शक्तिको जीत आवश्यक : लिङ्देन

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकको व्यवस्था परिवर्तन गर्न नयाँ शक्तिको जीत आवश्यक रहेको बताएका छन् ।

सोमबार मकवानपुर क्षेत्र नं १ को पदमपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गदैं लिङ्देनले पुराना दलहरुका कारण मुलुकको व्यवस्था नै असफल भएको भन्दै अव मुलुकको व्यवस्था परिवर्तन गर्न नयाँ शक्तिको जीत आवश्यक रहेको बताएका हुन् ।

उनले ठुला भनिएका पार्टी तथा नेतालाई धेरै पटक विजयी बनाए पनि देशको अवस्था उही रहेकाले एकपटक राप्रपालाई मतदान गर्न आग्रह गरे ।

लिङ्देनले अहिलेसम्मका निर्वाचनमा ठिक पार्टी र ठिक नेता चुन्न नसकेकै कारण दुःख पाएको भन्दै यसपटक मतदाताहरु सचेत रहनुपर्ने धारणा राखेका थिए । उनले कांग्रेस, माओवादीभित्रका कार्यकर्ताले समेत राप्रपालाई मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा अभिनेत्री मनिषा कोईरालाले विपीको सिद्धान्तलाई सम्झेर आफुले राप्रपालाई समर्थन गरेको बताएकी थिइन् । उनले लिङ्देनको नेतृत्वमा राप्रपाले राम्रोसंग देश र जनताको सेवा गर्ने विश्वास व्यक्त गरिन् ।

मुलुक अहिले अप्ठेरो अवस्थामा रहेकाले जनताले सचेत भएर देशको नेतृत्व चयन गर्नुपर्ने उनको भनाई छ ।