नेकपाको एकता प्रचण्डले तोडे : ओली

1 year ago

नेकपाको एकता प्रचण्डले तोडे : ओली

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले नेकपाको एकता ताडेको आरोप लगाएका छन् ।

बिहीबार झापा क्षेत्र नम्बर ४ , सिबगन्जमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै ओलीले एकठाँउमा बस्न नसक्ने प्रचण्डको चूलबुले बानीका कारण नेकपाको एकता तोडेको आरोप लगाएका हुन् । पार्टी एकीकरण गरिसकेपछि एकतावद्ध पार्टीमा बसेर देश बनाउनुपर्नेमा केहि कार्यकर्तालाई प्रचण्डले अल्मलाएर आफैसंग लगेको उनको भनाई छ । उनले माओवादीका केहि नेताहरुले पार्टीलाई पारिवारीक चंगोल बनाएको तर्क समेत गरेका छन् ।

अध्यक्ष ओलीले एमालेको देश बनाउने बाहेक अन्य कुनै स्वार्थ नभएको भन्दै गठबन्धन छाडेर एमालेमा आउन कांग्रेस र माओवादीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । त्यस्तै ओलीले एमालेले अघि बढाएको बिकासको अभियानलाई अघि बढाउन आगामी निर्वाचनमा जित्नै पर्ने र पाँच बर्ष देश बनाएरै छाड्ने जिकिर गरेका छन् । ओलीले नेपाल जस्तो देश गरिबी हुनुपर्ने कुनै कारण नै नरहेकोले एमाले सरकारले समृद्ध बनाउने दावी गरे । यसपटकको निर्वाचनमा केहि सिटमा राप्रपासंग भएको तालमेलको सहमतिलाई कार्यान्वयन गर्ने उनले बताए ।

कार्यक्रममा बिभिन्न दलका कार्यकर्तालाई अध्यक्ष ओलीले एमाले प्रवेश गराएका थिए ।