गठबन्धन एमाले ढाल्ने हिम्मत नभएर बनाएको ओलीको आरोप

2 years ago

गठबन्धन एमाले ढाल्ने हिम्मत नभएर बनाएको ओलीको आरोप

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ढाल्ने हिम्मत नभएकै कारण गठबन्धन बनाउनुपरेको बताएका छन् ।

बिहीबार झापा क्षेत्र नं १ मा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेलाई पराजित गर्ने हिम्मत कसैसंग नरहेको भन्दै अहिलेको निर्वाचनमा पनि एमालेसंग डराएर गठबन्धन बनाउनुपरेको बताएका हुन् ।

उनले अब स्वार्थको गठबन्धन रोज्ने की सुदृढ राष्ट्रिय शक्ति निर्माण गर्ने भन्ने फैसला निर्वाचनले गर्नुपर्ने जिकिर गरे । राष्ट्रियता, स्वाभिमान कमजोर पार्नका लागि र देशको बिकास रोक्न धेरै षडयन्त्र भइरहेको भन्दै उनले मंसिर ४ को निर्वाचनले यसको फैसला गर्नुपर्ने बताए । उनले सरकारमा पुगेर गलत काम गर्न खोजेपछि नागरिकताका बिषयमा राष्ट्रपतिले राष्ट्रको पक्षमा काम गरेको जिकिर गरे । ओलीले एमाले सरकारले आवश्यक कानून बनाएर एक महिनाभित्रै नागरिकता प्रदान गर्ने धारणा राखे ।

उनले तालमेल गरेका स्थानमा एमालेले राप्रपालाई बिजयी गराउने भन्दै राप्रपाले पनि एमालेलाई जीत दिलाउने धारणा राखेका थिए ।