गठबन्धनले विदेशीलाई सजिलो हुने सरकार बनाएको लिङ्देनको आरोप

2 years ago

गठबन्धनले विदेशीलाई सजिलो हुने सरकार बनाएको लिङ्देनको आरोप

 


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीलाई सजिलो हुने सरकार बनाउनबाट गठबन्धनलाई रोक्नुपर्ने बताएका छन् ।

बिहीबार उदयपुरको बेल्टारमा आयोजित राप्रपाको चूनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले मुलुकमा बैदेशिक हस्तक्षेप बढ्दै गएको र सत्ता गठबन्धनले विदेशीलाई सजिलो हुने सरकार बनाउछु भन्दै हिडेको बताएका हुन् ।

अहिले नेपालमा प्रधानमन्त्री वा मन्त्रीहरु को हुने भन्ने पनि बिदेशीले तय गर्न थालेको उनको भनाई छ । उहाले मुलुकमा देखिएको बेथिति, बिकृति र बिसंगतिको बिकल्प बनेर राप्रपा आएको दावी गरेका छन् । लिङ्देनले अहिलेको व्यवस्था नै असफल भएकाले राप्रपाले व्यवस्था परिवर्तनको एजेण्डालाई प्राथमिकतामा रहेको बताए ।

त्यस्तै उनले सुकुम्बासी समस्या समाधानका मुद्धालाई चुनावमा भोट बटुल्ने औजार बनाउन नहुने जिकिर गरे । चूनावी दौहाडामा निस्किएका लिङ्देनले बिहीबार सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, मकवानपुर लगाएतका स्थानमा आयोजित चूनावी सभामा सम्बोधन गरेका थिए ।