3 years ago
बुधबार राति भएको इंग्लिस प्रिमियर लिगको खेलमा ब्राइटनलाई १-० गोलले पराजित गर्दै म्यानचेस्टर सिटी तेस्रो स्थानमा पुगेको छ।
म्यानचेस्टर सिटीको जितमा फोडेनले खेलको ४४ औं मिनेटमा निर्णायक गोल गरेको थियो। लिगमा सिटीको यो लगातार चौथो जित हो। टोटेनहमलाई फुलहमले १-१ गोलको बराबरीमा रोकेको हो।
प्रिमियर लिगको अंक तालिकामा म्यानचेस्टर युनाइटेड १७ खेलबाट ३६ अंक जोड्दै पहिलो स्थानमा पुगेको छ ।
दोस्रो स्थानमा लिभरपुल ३३ अंक र तेस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटीको १६ खेलबाट ३२ अंक भएको छ ।३२ नै अंक जोडेको लेस्टर सिटी चौथो स्थानमा झरेको छ। एभर्टन पनि ३२ अंक जोडेर पाँचौ स्थानमा छ। छैटौं स्थानको टोटेनहमले ३० अंक बटुलेको छ ।