२०२० को ‘मिस नेपाल वर्ल्ड’को उपाधि नम्रता श्रेष्ठले जितिन

2 years ago

२०२० को ‘मिस नेपाल वर्ल्ड’को उपाधि नम्रता श्रेष्ठले जितिन

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका बीच सिमित मानिसहरुको उपस्थितीमा आयोजित ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् ।

देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट छानिएका २० जना प्रतिस्पर्धीहरुविचको कडा प्रतिस्पर्धा काठमाण्डौको बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो ।

कार्यक्रमको प्रमुख निर्णायक मिखा माथेमाले सोधेको–‘कल्पना गर्नुहोस् तपाई एउटा सानो ढुंगा हो । जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ । तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग कसरी फैलाउन चाहनुहुन्छ  भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै नम्रताले ताज जितेकी हुन् । नम्रताले यो प्रश्नको जवाफमा आफ्नी आमालाई सम्झिएकी थिइन् ।

नेपाली महिला सशक्त हुने उल्लेख गर्दै उनले नेपाली महिलाहरु सकारात्मक सोचले अगाडि बढ्ने गरेको र यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् ।नम्रताले ‘मिस नेपाल वर्ल्ड’को टाइटलसँगै नगद २ लाख ५० हजार जितिन् ।

अब, उनले आउँदो बर्ष आयोजना हुने ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतिस्पर्धी २० जनामध्ये सेमीफाइनलमा १२ जना र अन्तिम प्रतिस्पर्धाका लागि ६ जना प्रतिस्पर्धी पुगेका थिए ।