सुशान्त आत्महत्याको नयाँ खुलासा

2 years ago

सुशान्त आत्महत्याको नयाँ खुलासा

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत १४ जूनको राति बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि उनको आत्महत्या प्रकरणमा विभिन्न सवालहरु उठिरहेका छन् । हरेक दिन जसो नै नयाँ नयाँ रहस्य बाहिरि रहेका छन् ।

अहिले उनको केस सीबीआईले ह्याण्डिल गरिरहेको छ । यस केसमा मुख्य आरोपीको रुपमा सुशान्तकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीमाथि धेरै आरोप लागेका छन् ।

ड्रग्स कनेक्शनमा सहभागी बनेको स्विकारेपछि रियालाई अहिले १४ दिनका लागि जेलमा राखिएको छ । यसैबीच पेशाले वकील बिभोर आनन्दले सुशान्त सिंह राजपूतको मर्डर गर्नेले उनको मृत्युको लाइभ टेलिकास्ट गरेको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत एक ट्वीट गर्दै उनले सुशान्त सिंह राजपूत, दिशा सालियान र माइनर युवतीको मर्डरलाई डार्क वेबको माध्यमबाट सारा विश्वमा नै लाइभ टेलिकास्ट गरिएको बताएका हुन् ।