स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको संसदीय समितिको निष्कर्ष

3 years ago

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको संसदीय समितिको निष्कर्ष

संसदीय समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ ।

शुक्रबार सिंहदरबारमा  बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ओम्नीमार्फत् खरिद गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकाल्दै खरिद प्रक्रियामा संलग्नहरुलाई कारबाही गर्न निर्देशन दिएको छ ।

समितिले सामाग्री खरिदमा प्रचलित कानुन र प्रक्रिया मिचेको समेत निष्कर्ष निकालेको छ । समितिले बजारमा तोकिएको भन्दा बढी मूल्यमा खरिद गरी भ्रष्टाचार भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अनुसन्धान गरि मुद्दा चलाउन पनि निर्देशन दिएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।