3 years ago
शुक्रवार ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएको बताएको छ ।
इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको थियो । पहाडी इलाकामा भएको यस हवाई कारबाहीमा तीन वटा ट्रकहरू ध्वस्त भएको द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले बताइएको छ ।
अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले एएफपीलाई इरान समर्थक १७ लडाकू मारिएको पुष्टि गरेका छन् । यस विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । यो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
सो गृहयुद्ध इस्लामिक स्टेट्स र अल कायदा जस्ता आतङ्ककारी समूहहरु दाबी हुदै गएका थिए । यिनै आतङ्ककारी समूहहरुलाई कारबाही गर्ने क्रममा अमेरिकाले हवाई आक्रमण गर्दै आएको थियो ।