3 years ago
इटालियन लेजेण्ड तथा फिफा विश्वकप फुटबलको विजेता पाउलो रोसीको मंगलबार ६४ वर्षको निधन भएको छ । उनको निधन भएको उनले काम गरेको आरएआई टीभीले रोसीको निधनको खबर सार्वजनिक गरेको हो । उनले सन् १९८२ मा विश्वकप जितेका थिए ।
रोसीले विश्वकपमा गोल्डेन बुट र गोल्डेन बल दुवै अवार्ड जितेका थिए । साथै उनले त्यही वर्ष बालोन डेओर अवार्ड समेत जितेका थिए ।