विभिन्न कार्यक्रम गरी ८ औँ राष्ट्रिय पोशाक दिवस मनाईयो

2 years ago

विभिन्न कार्यक्रम गरी ८ औँ राष्ट्रिय पोशाक दिवस मनाईयो

८ औँ राष्ट्रिय पोशाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्च पास गरी दिवस मनाएका हुन् । हाम्रो शान, हाम्रो स्वाभिमान, राष्ट्रिय पोशाक हाम्रो पहिचान भन्ने मूल नाराका साथ उनीहरु सास्कृतिक पहिचान सहितको पोशाकका साथ र्यालीमा सहभागि भएका थिए ।

ढाका र भाद्भाउले टोपी, दौरा–सुरुवाल, गुन्यु–चोली लगाएका युवा युवतीहरुले नेपाली झण्डा र बाजागाजासहित मार्चपास गरेका हुन् । पछिल्लो समयमा नेपाली मौलिक संस्कृतिलाई विदेशी संस्कृतिले धरासायी बनाएकाले नेपालको संस्कृति, सभ्यता र धरोहरलाई विश्व समुदायमा उजागर गर्न राष्ट्रिय पोशाक दिवस मनाइएको  राष्ट्रिय धरोधर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताउनुभयो । 

राष्ट्रिय धरोधर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको मार्चपास माइतीघर मण्डलाबाट सुरु भएर नेपाल कला परिषद् पुगेर माइतीघरमै टुङ्गिएको थियो । नेपाली पोशाक संरक्षण गर्ने उद्देश्य सहित पुस १७ गतेका दिन नेपाली पोशाक दिवस मनाउन थालिएको हो ।