राष्ट्रपति प्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको कांग्रेसका नेता गगन थापाको आरोप

2 years ago

राष्ट्रपति प्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको कांग्रेसका नेता गगन थापाको आरोप

प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति  प्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको आरोप लगाउनु भयो । थापाले संसद विघटन गर्नसक्ने व्यवस्था अहिलेको संविधानमा नभएको बताउनु भएको छ ।

आइतबार नयाँ बानेश्वरमा आयोजित कोणसभामा नेता थापाले प्रधानमन्त्रीको अहंकारको शिकार संसद र संविधान बनेको समेत आरोप लगाउनु भयो ।

उहाँले  २०४७ को संविधानको आधारमा कांग्रेसले २०४८ मा मध्यावधी निर्वाचन गरेको तर्क गरेको संसद विघटन गर्नसक्ने व्यवस्था अहिलेको संविधानमा नराखेको तर्क गर्नुभयो । संसदले प्रधानमन्त्री छान्न सकेन वा भएको प्रधानमन्त्रीले विश्वासको मत गुमाए मात्र संसद विघटनको अवस्था आउन सक्ने उहाँको भनाई छ ।