यस वर्ष अष्टमीको दिनसम्म पनि बजार चहलपहल

2 years ago

यस वर्ष अष्टमीको दिनसम्म पनि बजार चहलपहल

विगत वर्षमा बडा दसैँको सातौ दिन फूलपातीदेखि प्राय सुनसान बन्ने काठमाडौ उपत्यका यस वर्ष अष्टमीको दिनसम्म पनि बजारमा किनमेल गर्ने मानिसको चहलपहल देखिएको छ । शनिबार वडा दसैँको आठौ दिन अष्टमीका दिन काठमाडौं उपत्यकाका मुख्य व्यापारी केन्द्रहरुमा पुग्दा ति ठाउँहरूमा मानिसहरुको विगत वर्षको तुलनामा बाक्लो चहल पहल देखिएको हो ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष उपत्यकाबाट बाहिरिने मानिसहरुको संख्या विगत वर्षको तुलनामा कम रहेकाले पनि महाअष्टमीका दिनसम्म बजारमा सामान किनमेल गर्ने मानिसको भीड देखिएको हो । काठमाडौका मुख्य व्यापारीक केन्द्रदेखि सडकका फुटपातसम्मका स्थानमा मानिसको भीड देखिएको हो । सार्वजनिक सवारीसाधनमा लामो यात्रा गर्दा कोरोना संक्रमणको जोखिम रहेका कारण र सरकारले पनि यथास्थानमा रहेर दसै मनाउन आग्रह गरेका कारण पनि यस वर्ष उपत्यकाबाट दसै मनाउन बाहिरिने सर्वसाधारणको संख्या विगत वर्षको तुलनामा कम रहेको छ ।  यता व्यापारीले पनि दसैको समयमा पनि बजारमा मानिसको चहलपहल बाक्लो देखिएपनि सामान खरिद गर्ने ग्राहकको संख्या कम रहेको बताएकाछन् । त्यस्तै व्यापारीहरुले यस वर्ष विगत वर्षको तुलनामा व्यापार कम रहेको बताएका छन् । 

नेपाली प्रमुख चाड दशै नजिकिएसँगै विगत वर्षमा दशै मनाउन लाखौंको संख्यामा सर्वसाधारण बाहिरिएपछि फूलपातीदेखि नै उपत्यका सुनसान बन्ने गर्दथ्यो । फूलपाती अघि नै किनमेल सकेर दशै मनाउन गृह जिल्ला फर्किने भएकाले सुनसान हुने गर्दथ्यो । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण दसैमा उपत्यकाबाट बाहिरिने मानिसको संख्या न्यून रहेको छ ।