महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पुरा

2 years ago

महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पुरा

पशुपति विकास कोषले महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । मंगलबार कोषले पत्रकार सम्मेलन गर्दे सदाझैँ महाशिवरात्रि यसपटक पनि भव्यताको साथ मनाउने तयारी पुरा भएको जनाएको हो ।

कोषले नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाकर्मी परिचालन हुने र स्काउटका समेत गरी ४ हजार स्वयमसेवक परिचालन हुने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो ।

मन्दिर नजिकैको गेटमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ । उक्त दिन सशस्त्र प्रहरी,नेपाली सेना र नेपाल प्रहरीको गरेर ३० वटा स्वास्थ्य संस्थाको शिविर हुनेछन् ।

शिवरात्रीका दिन पशुपति प्रवेश गर्न तीन वटा लाइनको व्यवस्था गरिएको ढकालले बताउनुभयो । कोभिड महामारीको जोखिम रहेकोले दर्शनार्थीले अनिवार्य मास्क लगाउनुपर्ने ढकालले बताउनुभयो ।

त्यस्तै महाशिवरात्रीका लागि भारतबाट करिब ३ हजारको हाराहारीमा बाबाहरू आइसकेको कोषले जनाएको छ । बाहिरबाट आएका बाबालाई विकास महाशिवरात्रि भरि खाने बस्नेको राम्रो प्रबन्ध मिलाएको कोषको भनाई छ । महाशिवरात्री फाल्गुन २७ गते मनाईदैछ ।