मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान अर्थात इद उल फित्तर शुक्रवार मनाइए

2 years ago

मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान अर्थात इद उल फित्तर शुक्रवार मनाइए

मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान अर्थात इद उल फित्तर शुक्रवार मनाइएको छ । अरवी पात्रो अनुसार हरेक वर्षको नवौं महिनामा एक महिनासम्म रोजा अर्थात व्रत बसेर दशौं महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने परम्परा छ ।

मुस्लिम धर्मग्रन्थ कुरान यही महिनामा लेखिएकाले ब्रत बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । दान दिनु, गरीवको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिर्यानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् । यस बर्ष कोरोना महामारीका कारण मुस्लिम धर्मावलम्बीहरूले घरमै इद मनाइएका छन् भने मस्जिदहरु खाली देखिएका छन् ।