मकवानपुरमा गाई मारेको अभियोगमा २ महिला सहित १० जना तामाङहरु पक्राउ

2 years ago

मकवानपुरमा गाई मारेको अभियोगमा २ महिला सहित १० जना तामाङहरु पक्राउ

मकवानपुरको बकैया गाउँपालिका कालीदमार, च्याउँच्याउँ वडा नं. ४, ९ र ११ बाट २ महिला सहित १० जना तामाङहरुलाई गाई मारेको अभियोगमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाई बेच्नको लागि व्यापारीले भारततर्फ लाँदै गरेको मध्ये एउटा बिरामी भएर बाटोमा छाडिहिडेको बिरामी गाई घाँस र पानीको अभावमा तातो घाममा छटपटिदै बाटोमै मृत्यु भएको र उक्त मृत गाईलाई स्थानीय व्यक्तिहरु मिलेर व्यवस्थापन गरिरहेको अवस्थामा ५० किलो मिटर टाढा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीहरु गइ योजनाबद्ध रुपमा पक्राउ गरेको नेपाल तामाङ घेदुङ बकैया गाउँपलिका अध्यक्ष निरु थिङले जानकारी दिएको छ ।

नेपालका स्टार होटलहरुमा विदेशबाट डलर तिरेर आयात गरिएका गाइको मासु प्रमुख परिकारको रुपमा बिक्री गरिदै आएको सर्वविदितै छ । नेपालमा परम्परागत रुपमा गाईको मासु खाँदै आएका विभिन्न समुदायहरु छन् ।

नेपाल हिन्दु अधिराज्य घोषणा भए पश्चात मरेका गाई खाएको आरोमा समेत प्रशासनले तामाङहरुलाई जेल चलान गर्दै आएको देखिएको छ । यसरी मरेको गाइलाई सतगद गर्ने व्यवस्थपन गर्ने सयौं तामाङहरुलाई गाइ मारेको आरोपमा जेलमा कोच्ने काम भइरहेको छ ।

नेपाल हिन्दू अधिराज्यबाट संघीय गणतन्त्र भइसकेको र हिन्दू राज्यबाट धर्मनिरपेक्ष राज्य भइसकेको अवस्थामा तिनै हिन्दू कानून लगाएर मरेको गाइलाई गाइ मा¥यो भन्ने आरोपमा अझै कतिन्जेल जेल जाने हो ? यस सन्दर्भमा नेपाल तामाङ घेदुङले एक प्रेस विज्ञप्ती जारी गर्दै गाई मारेको आरोपमा तामाङहरुलाई राज्यले दुःख दिँदै गरेको अवस्थालाई तामाङ घेदुङले नजरअन्दाज गर्न नसकिने जनाएको छ ।