बडादशैंको दोस्रो दिन आइतबार ब्रम्हचारिणी भगवतीको पूजा आरधना गरि मनाइयो

2 years ago

बडादशैंको दोस्रो दिन आइतबार ब्रम्हचारिणी भगवतीको पूजा आरधना गरि मनाइयो

बडादशैंको दोस्रो दिन आइतबार ब्रम्हचारिणी भगवतीको पूजा आरधना गरि मनाइएको छ । बडादशैं अन्तरगत दोस्रो दिनमा देवी दुर्गाका स्वरुपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरिएको हो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

विगत वर्षहरुमा नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गरेतापनि यस वर्ष कोरोना भाइरसको संक्रमण जोखिमका कारण सरकारले सर्वसाधारणका लागि मन्दिरहरु नखोल्ने निर्णय गरेकोले शक्तिपीठमा भक्तजनको उपस्थिति नगन्य मात्रामा रहेको छ ।

विगत वर्षमा काठमाडौको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरूको घुइचो लाग्ने गर्दथ्यो । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ ।a