प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै आइतवार प्रधानमन्त्रीको निवास अगाडि प्रदर्शन

2 years ago

प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै आइतवार प्रधानमन्त्रीको निवास अगाडि प्रदर्शन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको सडक अगाडि प्रदर्शन गरिएको छ।

नेकपा सचिवालय तथा राष्ट्रियसभा सदस्य श्रेष्ठविरुद्ध स्वतन्त्र युवाहरुले बालुवाटारमा प्रदर्शन गरिएको हो । नेकपा नेता तथा संविधानसभा सदस्य कमान सिंह लामा प्रकरणमा छानबिनको माग गर्न प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले नारायणकाजी र सुसन कर्माचार्यको सम्पत्ति छानविन गर्न पनि माग गरेका छन् । उनीहरुले ‘हेल्लो नारायणकाजी, एउटा झुठ छोप्न सयवटा झुठ नबोल्नुस’ भन्दै नारा लगाएका थिए । 

कमानसिंहले पनि निधन हुनुअघि नारायणकाजीका कारण आफ्नो जीवन बर्बाद भएको फेसवुक स्टाटस राखेका थिए । तर नारायणकाजी श्रेष्ठले भने आफूले कमानसिंहले जलविद्युतमा लगाएको सेयरको हिसाब मिलाउन मध्यस्थकर्ताको मात्रै भूमिका निर्वाह गरेको स्पष्टीकरण दिँदै आउनु भएको छ ।