प्रतिनिधिसभा विघटनको विरुद्ध विवेकशील पार्टीको आज पनि प्रर्दशन जारी

2 years ago

प्रतिनिधिसभा विघटनको विरुद्ध विवेकशील पार्टीको आज पनि प्रर्दशन जारी

प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीले बिहिबार पनि माइतीघरमा प्रदर्शन गरेको छ । 

विवेकशील पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा करिब एकसातादेखि निरन्तर रुपमा माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएको छ ।  प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी काम गरेको आरोप लगाएको छ ।

अहिलेको सरकार अधिनायकवाद तर्फ गएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले राष्ट्रपति संविधानको रक्षक कि भक्षक ? पार्टीको आन्तिरक विवादले देश डुबाउन पाइँदैन, नागरिकको साथ छ, सर्वोच्च अब तिम्रो आश छ, विदेशी हस्तक्षेप ननिम्त्याउ, पञ्चायत रिटन्र्स, यो पञ्चायत होइन केपी ओली, तिमी श्री ५ होइनौँ, अधिनायकवादको चौतर्फी प्रतिवाद गरौँ लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका हुन ।