नवरात्रिको पहिलो दिन उपत्यकाका शक्तिपीठहरुमा भक्तजनहरुको भीड

2 years ago

नवरात्रिको पहिलो दिन उपत्यकाका शक्तिपीठहरुमा भक्तजनहरुको भीड

नवरात्रिको पहिलो दिन शनिबार काठमाडौं उपत्यकाका शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।

कोरोना महामारीकाबीच पनि भक्तजनहरु नवरात्रका अवसरमा पूजाआजाका लागि शक्तिपिठ पुगेका हुन् । शनिबार भद्रकाली मन्दिर लगाएतका अन्य मन्दिरमा  पूजाआजाका लागि आउने श्रद्धालुहरुको भीड देखिएको छ । अघिल्ला वर्षहरुको तुलनामा कम भीड भएपनि कोरोना महामारीका बीच भक्तालुहरु पूजाआजाका लागि शक्तिपीठ पुगेका छन् ।

सरकारले भने कुनैपनि मन्दिर र शक्तिपीठमा नित्यपूजा सञ्चालन गर्न बाहेक सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाएको छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ ।