न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डर्नले शुक्रबार आफ्नो दोस्रो कार्यकालका लागि शपथ लिइन

3 years ago

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डर्नले शुक्रबार आफ्नो दोस्रो कार्यकालका लागि शपथ लिइन

यसअघि न्युजिल्याण्डमा भएको आम निर्वाचनमा बहुमतसहितको जित हात परेसँगै उनले आफ्नो दोस्रो कार्यकाल सुरु गरेकी हुन् । मन्त्रीहरुले पनि शुक्रबारको दिनमा विलिङटनको गभर्मेन्ट हाउसमा अंग्रेजी र माओरीमा शपथ लिएकी हुन् । अर्डनल बनाएको नयाँ २० सदस्यीय मन्त्रिपरिषद्मा धेरै महिला र माओरी समुदायका प्रतिनिधिहरु छन् ।

४० वर्षीया अर्डनले कोरोना भाइरस महामारीमा गरिएको कार्य विश्वभर प्रशंसा भएका थिए । सोही कारण गत अक्टोबर १७ मा भएको निर्वाचनमा उनले बहुमतसहितको जित हात पारेकी हुन् । उक्त निर्वाचनमा उनको पार्टीले १२० सदस्यीय संसद्मा ६५ सिट हात पारेको हो ।

कोरोना भाइरस महामारी नियन्त्रण र महामारीको कारण प्रभावित बनेको अर्थतन्त्रमा सुधार गर्नु रहेको अर्डनलले बताएकी छिन् ।