नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न सात जिल्लामा वडा अधिवेशन

3 years ago

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न सात जिल्लामा वडा अधिवेशन

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न सात जिल्लामा वडा अधिवेशन भएको छ । 

काठमाडौंसहित काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन भएको हो । बाँकी १३ जिल्लामा क्रियाशिल सदस्यता विवाद मिल्न बाँकी रहेकोले वडा अधिवेशनको टुंगो लागेको छैन ।

गत भदौ १८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो । बाँकी २० जिल्लामा मंगलबार अधिवेशन गर्ने कांग्रेसको योजना रहेपनि प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लाको विवाद कायमै छ ।

समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले असोज ९ गते गर्ने भनेको गाउँ÷नगर अधिवेशन प्रभावित हुने भएको छ । कांग्रेसले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने तय गरेको छ ।