नेपालमा सोमबार थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि

2 years ago

नेपालमा सोमबार थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा सोमबार थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ७ सय ८६ पिसिआर परिक्षणका क्रममा ९ सय ७५ जना र ३ हजार ३१ एन्टीजेन परिक्षणका क्रममा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७४ हजार ६ सय २९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको भएको छ ।

हालसम्म नेपालमा ११ हजार ४८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार ९ सय ५७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ५२ हजार १ सय ७० संक्रमित कोरोनामुक्त भएको छ ।

हाल नेपालमा २२ हजार ३ सय २३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ६४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।