नेकपा बैठक स्थगित

2 years ago

नेकपा बैठक स्थगित

सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक एक महिना पछि बस्ने भएको छ ।

नेकपा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार विज्ञप्ति निकालेर स्थगित बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिएको जानकारी दिनुभएको छ। यसअघि कार्तिक १५ गतेदेखि आयोजना गर्ने भनिएको बैठक कोभिड १९ महामारीका कारण स्थगित गरिएको जनाइएको छ ।

उक्त बैठक आगामी मंसिर १५ देखि १७ गतेबस्ने जानकारी गराइएको छ ।

महाधिवेशनको तयारीका लागि कार्तिक १५ गतेदेखि बस्ने भनिएको बैठक कोरोना भाइरसको संक्रमण र अन्य तयारी पूरा नभएको भन्दै सारिएको हो । सचिवालय सदस्यहरूसँगको परामर्शपछि बैठकको नयाँ मिति तय गरिएको हो ।