नेकपाभित्रको विवादमा कांग्रेसका कुनै सरोकार छैन: प्रकाशमान सिंह

2 years ago

नेकपाभित्रको विवादमा कांग्रेसका कुनै सरोकार छैन: प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पाँच बर्षसम्म प्रतिपक्षीमा बस्न जनताले दिएको म्यान्डेड अनुसार आफुहरु बिपक्षीकै भूमिकामा रहने बताउनुभएको छ ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेता सिंहले नेकपाभित्रको विवादमा कांग्रेसका कुनै सरोकार नभएको भन्दै नयाँ सरकार गठनको हल्लामा कांग्रेसलाई नजोड्न समेत आग्रह गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुरलाई भेटको कुरासंग सत्ता राजनीतिको कुनै अर्थ नरहेको स्पष्ट पार्नुभयो ।

नेता सिंहले महिनौ देखि आन्तरिक कलह र कुर्सीको खेलमा सत्तारुढ दल नेकपा लागेकाले  महामारीको बेला समेत जनताको समस्याप्रति सरकार बेखवर रहेको बताउनुभयो ।  अहिले नेकपाको सरकारले संघियताको मर्म र भावना बिपरित काम गरिरहेको र महामारीका बेला भ्रष्टाचार नै तल्लीन रहेको उहाँको आरोप थियो ।

फरक प्रसंगमा नेता सिंहले सरकारले पुराना तथा ईतिहास बोकेका पार्कहरुको नाम परिवर्तन गरि आफ्नो दलका नेताहरुको नामाकरण गर्न थालेको भन्दै आपत्ती जनाउनुभयो । उहाँले पुराना ईतिहास बोकेका पार्कहरु अतिक्रमण गरे राम्रो नहुने भन्ँदै इतिहासलाई सम्मान गर्न आग्रह पनि गर्नुभयो ।