नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई कारबाही गर्न सिफारिस

2 years ago

नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई कारबाही गर्न सिफारिस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई अनुशासन कारबाहीका लागि सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ओलीलाई कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ओलीलाई अनुशासनको कारवाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लग्ने, त्यसका लागि पुष ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको बताउनु भयो । 

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर अलोकतान्त्रिक, जनादेशविरुद्ध कार्य गरेको ठहर गर्दै स्थायी कमिटीले त्यस्तो निर्णय गरेको उहाँले बताउनु भयो । उहाँले प्रधानमन्त्रीको कदमविरुद्ध कानूनी उपचार खोज्ने निर्णय भएको पनि जानकारी दिनुभयो । उहाँले सोमबार १ बजे संसदीय दलको बैठक बस्ने र सोमबार नै दिउँसो तीन बजे स्थायी कमिटी बैठक जानकारी दिनुभयो ।

बैठकले पूर्वसभामुख कृष्ण बहादुर महारालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । बैठकमा ओली पक्षका नेताहरु भने सहभागी भएका थिएन ।