देशभर तामाङ र शेर्पा समुदायले ल्होसार मनाउँदै

2 years ago

देशभर तामाङ र शेर्पा समुदायले ल्होसार मनाउँदै

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। 

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष सुरु हुन्छ। आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको छ। तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ। ल्होसारका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ।

तामाङ समुदायले सोनाम ल्होसार तथा हिमाली आदिवासी शेर्पा समुदायले ग्याल्बो ल्होसार मनाइरहेका छन्।