दशैको तेश्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरिदैँ

2 years ago

दशैको तेश्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरिदैँ

बडा दशैंको तेस्रो दिन सोमबार चन्द्रघण्टा भगवतीको पूजा गरिएको छ ।

नेपाली समाजमा मनाइने महान पर्व वडा दशैंको तेस्रो दिन आश्विन शुक्ल तृतीया तिथिमा देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पुजाआरधना गरिन्छ । जगदम्बाको तेस्रो शक्ति नाम चन्द्रघण्टा हो ।

नवरात्रिको तेस्रो दिनमा पुजिने यिनको स्वरुप शान्तिदायक र कल्याणकारी छ । साथै यिनको मस्तकमा ‘घण्ट’ आकारको अद्र्धचन्द्र भएको हुनाले यिनलाई चन्द्रघण्टा भनिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् ।

चन्दकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउने देवीको योगदान रहेको शास्त्रमा छ । चन्द्रघण्टादेवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो हुदां यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो ।

काठमाडौंको हनुमानढोका स्थित दशैंघर नजिकै रहेकी तलेजु भवानीका साथै उपत्यकामा रहेका देवमन्दिर तथा शक्ति पीठ गुह्येश्वरी, मैतीदेवी, नक्सालभगवती, कालिकास्थान, भद्रकाली, संकटा, रक्तकाली, दक्षिणकाली र शोभाभगवतीका मन्दिरमा नवरात्रिको विशेषपूजा गरिन्छ ।

यस वर्ष कोरोनाका कारण नित्य पूजा बाहेक भीडभाड नगर्न आग्रह गरिएको छ ।