दलसम्बन्धी अध्यादेश फिर्ता लिने बिषयमा सल्लाह भइरहेको प्रधानमन्त्री शेर बहादुर देउवाको भनाई

2 years ago

दलसम्बन्धी अध्यादेश फिर्ता लिने बिषयमा सल्लाह भइरहेको प्रधानमन्त्री शेर बहादुर देउवाको भनाई

प्रधानमन्त्री शेर बहादुर देउवाले दलसम्बन्धी अध्यादेश फिर्ता लिने बिषयमा सल्लाह भइरहेको बताउनुभएको छ ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री देउवाले अध्यादेश फिर्ता लिने विषयमा सल्लाह भइरहेको बताउनुभएको हो ।

अध्यादेशका बारेमा प्रधानमन्त्री देउवाले संसद भवनमा नै माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग छलफल गर्नुभएको हो । छलफल उहाँले यस विषयमा सल्लाह भइरहेको बताउनुभएको हो ।

त्यस्तै नेकपा समाजवालीका नेता विरोध खतिवडाले दलसम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको जानकारी दिनुभयो । उहाँले अध्यादेश फिर्ता भएपछि मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभयो ।

त्यस्तै जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राइले अहिले दलसम्बन्धी अध्यादेशको औचित्य समाप्त भएकाले अव फिर्ता लिनुपर्ने बताउनुभयो । उहाँले एउटै दलमा बस्न नसक्नेलाई अन्य दलमा जाने बाटो खुलाउनका लागि अध्यादेश ल्याइएको र अव त्यसको आवश्यकता सकिएको बताउनुभयो ।

 

उहाँले अव दलबिभाजनसम्बन्धी कानूनलाई निरन्तरता दिए दलभित्र बिकृति पैदा हुने धारणा राख्नुभयो ।