टिकाको दोस्रो दिन

2 years ago

टिकाको दोस्रो दिन

आश्विन शुक्ल एकादशीका दिन मंगलबार पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी रहेको छ ।

विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल एकादशी अर्थात दोस्रो दिन पनि जारी रहेको हो । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा रहेकाले सर्वसाधारणले कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म टिका तथा जमरा ग्रहण गर्ने गर्दछन् । 

हिन्दू धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन वडादसैं पर्व भव्यरूपमा मनाउँने परम्परा रहेको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ । यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षको तुलनामा न्यून देखिन्छ ।

असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजया दशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ ।