जलेश्वर मन्दिरको निर्माण कार्य अघि बढ्दैं; भक्तपुर जलेश्वर मन्दिर शिलान्याश

2 years ago

जलेश्वर मन्दिरको निर्माण कार्य अघि बढ्दैं; भक्तपुर जलेश्वर मन्दिर शिलान्याश

भक्तपुरको दूधपाटीस्थीत भाजु पोखरीको बीचमा रहेको जलेश्वर मन्दिरको निर्माण कार्य अघि बढेको छ । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिसहितको टोलीले बिहीबार पोखरीको बीचमा रहेको मन्दिरको शिलान्यास गर्नुभएको हो ।

जलेश्वर मन्दिरको निर्माण हुन लागेको पोखरी झण्डै आठ सय वर्ष पुरानो रहेको कुरा भक्तपुर महानगरपालिकाले अध्ययन गरेर निकालेको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाको प्रारम्भिक अनुसन्धानले पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको देखाएको छ । सोही अनुसार अहिले मन्दिर बनाउन लागिएको नगरप्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

उहाले भक्तपुर नगरपालिकाकाले गरिरहेको सम्पदा संरक्षण कार्यले भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाले जनताको मन जित्दै सास्कृति तथा ऐतिहासिक सम्पदा निर्माणको कार्यलाई अघि बढाउदै लैजाने धारणा राख्नुभयो ।

शिलान्यास कार्यक्रमाम प्राध्यापक डाक्टर पुरुषोत्तमलोचन श्रेष्ठले भाज्या पोखरीको अध्ययन अनुसन्धान गर्ने मौका पाएकोमा गौरवान्वित महसुसु भएको बताउनुभयो ।