जनता समाजवादी पार्टीको बैठक सुरु

2 years ago

जनता समाजवादी पार्टीको बैठक सुरु

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक सोमबारबाट काठमाडौंमा सुरु भएको छ । बिधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन लगायतका एजेन्डासहित जसपाको बैठक बसेको हो ।

गत वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी बनेको थियो । त्यसयता बसेको यो दोस्रो केन्द्रीय कार्यकारिणी बैठक हो । बैठकमा पार्टीको आन्तरिक बिषयका साथै पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने र आवश्यक निर्णय गर्ने नेता मनिष सुमनले जानकारी दिनुभयो ।

त्यस्तै कोरोना नियन्त्रण र उपचारका लागि सरकारले निर्मम निर्णय गर्दै गएको भन्दै यस बिषयमा पनि बैठकले धारणा बनाउने उहाँले बताउनुभयो ।

पार्टी एकता भए पनि एकता प्रक्रिया सम्पन्न भएको छैन । जसपाको केन्द्रीय समितिमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहनुभएको छ । त्यस्तै, राजेन्द्र महतो, अशोककुमार झा, बाबुराम भट्टराई वरिष्ठ नेता छन् । अध्यक्ष दुई र वरिष्ठ नेता तीनबाहेक ५१ सदस्यीय कार्यकारिणीसभामा ४६ जना सदस्य छन् ।