3 years ago
कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई आइतवारदेखि दोस्रो डोज खोप लगाउन सुरु गरिएको छ ।
काठमाडौं महानगरपालिका तथा उपत्यकाका विभिन्न स्थानीय तहका वडाहरूमा यो अभियान सञ्चालन सुरु गरिएको हो। गत चैत २५ देखि वैशाख १५ सम्म पहिलो डोज लगाएका नागरिकका लागि दोस्रो डोज लगाउन लागिएको हो ।
भेरोसेलनको पहिलो डोज लगाउन केही अस्पतालमा तोकिएको दोस्रो डोजका लागि भने महानगरले आवश्यक स्थानमा खोप लगाउने व्यवस्था गरेको छ ।
दोस्रो डोजका खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएका मध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने व्यवस्था गरिएको छ।
खोप लगाउन खाएका सर्वसाधारणहरुले पहिलो खोप लगाएको र केहि प्रभावकारी हुने भएकाले दोश्रो खोप पनि लगाउन आएको बताए ।
गत चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई आइतबार, चैत २९ र ३० गते पहिलो खोप लिएकालाई सोमबार र चैत ३१ र २०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइने बताइएको छ । त्यसपछि अन्य दिनमा पहिलो चरणको खोप लगाएकालाई पनि क्रमश दोश्रो खोप दिने भएको छ ।