3 years ago
वीरगञ्जमा कोरोना सक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा स्थायी घर भएको ३५ वर्षीय पुरुष र छपकैयाका ६५ वर्षीय पुरूष रहेका छन् । मृतक दुवै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो ।
वीरगञ्जमा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्दै गएको छ ।