कोरोना नियन्त्रणका साथै परीक्षण, उपचार र खोपको सहज उपलव्धताका लागि आफ्नो ध्यान केन्द्रीत : शेरबहादुर तामाङ

2 years ago

कोरोना नियन्त्रणका साथै परीक्षण, उपचार र खोपको सहज उपलव्धताका लागि आफ्नो ध्यान केन्द्रीत : शेरबहादुर तामाङ

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले कोरोना नियन्त्रणका साथै परीक्षण, उपचार र खोपको सहज उपलव्धताका लागि आफ्नो ध्यान केन्द्रीत रहेको बताउनुभएको छ । 

सोमवार मन्त्रालयमा भर्चुअल पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको भन्दै परीक्षण, उपचार र खोपको सहज उपलव्धताका लागि आफ्नो ध्यान केन्द्रीत रहेको बताउनुभएको हो ।

मन्त्री तामाङले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको उल्लेख गर्नुभयो । मन्त्री तामाङले केही महिनाभित्र सबै नेपालीलाई खोप दिने र खोप उत्पादक देशबाट खोप ल्याउन सबै किसिमका उपाय लगाउने पनि जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री तामाङले भविष्मा आउन सक्ने भनिएको सम्भावित तेस्रो लहरकाबारेमा समेत विज्ञसंग परामर्श गरी मन्त्रालय तयारीमा जुटिसकेको दावी गर्नुभयो ।

उहाँले आफू हरेक काम पारदर्शी ढंगले अघि बढाउन चाहने भन्दै मन्त्रालयका कर्मचारीलाई समेत त्यहि रुपमा कार्य गर्न निर्देशन दिएको बताउनुभयो ।

स्वास्थ्य जनताको मौलिक हकको विषय भएको भन्दै मन्त्री तामाङले बीमा कार्यक्रमको पुर्नसंरचना गरी सो कार्यलाई अघि बढाउने धारणा पनि राख्नुभयो ।