किराँत राई समुदायले मनाउने उभौली पर्व देशभर पूजा आराधना गरी मनाइँयो

2 years ago

किराँत राई समुदायले मनाउने उभौली पर्व देशभर पूजा आराधना गरी मनाइँयो

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाएका छन् ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरि उभौली पर्व मनाउने परम्परा छ ।

किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । यस वर्ष एक महिना अघिदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण निश्चित मानिस मात्र बसेर पूजाको विधिमात्र पूरा गरिएको छ ।

उभौली पर्वका अवसरमा बुधबार ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गरिएको किराँत राई यायोक्खा केन्द्रीय समितिका अध्यक्ष दिवस राईले जानकारी दिनुभयो ।

अरु बर्षहरुमा हजौरोको संख्यामाा भेला भइ भव्य रुपमा साकेला नाँच नाचेर पर्व मनाउने भएपछि कोरोना कारण सिमित व्यक्तिमात्र सहभागी भएर बिधि मात्र पुरा गरिएको उहाले बताउनुभयो ।

किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण शुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन शुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् ।