काठमाडौंको तारेकेश्वरमा बर्ड फ्लू देखियो

3 years ago

काठमाडौंको तारेकेश्वरमा बर्ड फ्लू देखियो

तारेकेश्वरस्थित एउटा फार्ममा पालिएका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले विज्ञप्तीमार्फत जनाएको छ ।

केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लू भेटिएको पुष्टि भएको छ । फार्म र आसपासका १ हजार ८ सय ५६ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्कीसँगै ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।

संबन्धित निकायसँग समन्वय गर्दै रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पंक्षि तथा रोग सार्न सक्ने अन्य बस्तु समेत नष्ट गरिएको  छ ।

रोग निसंक्रमण भएपछि जारी गरिएको विज्ञप्तीमा विभागले पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरि भेटनरी प्रमाणपत्र लिएर गर्न गराउन आग्रह गरेको छ ।

अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लू रोग देखा परेपछि नेपालमा पनि पशुसेवा विभागले सर्तकता बढाउँदै गएको छ ।